logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • चलचित्र ‘ज्वाई साब’ फूलपातीमा प्रदर्शनमा आउने

    चलचित्र ‘ज्वाई साब’ फूलपातीमा प्रदर्शनमा आउने

    1.2K
    Shares
    चलचित्र ‘ज्वाई साब’ फूलपातीमा प्रदर्शनमा आउने

    काठमाडौँ । यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आज पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

    निरौलाले भने, “चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ । विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ । यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ ।”

    निर्देशक निरौलाकानुसार चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ । यसमा जीतु नेपाल, नीति शाह, वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।

    लामो समयदेखि पोस्टर डिजाइनरको रूपमा कार्यरत विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत सिर्जना गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend