logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत बढेर पुग्यो ५१ करोड

    शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत बढेर पुग्यो ५१ करोड

    546
    Shares
    शिखर इन्स्योरेन्सको नाफा १२७ प्रतिशत बढेर पुग्यो ५१ करोड

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुदनाफा १२६.८७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा शिखरले २२ करोड ६१ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । एक वर्षमा कम्पनीको खुदनाफा २८ अर्ब ६८ करोड रुपैयाँ बढाएको बुधबार सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ ।

    यता, कम्पनीको नाफासँगै प्रति सेयर आम्दानी पनि बढेको छ । प्रति सेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाबाट बढेर १९ रुपैयाँ ३२ पैसा कायम पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।

    गत वर्ष कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसको कुल आम्दानी पनि ४.०६ प्रतिशत बढेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ ।

    शिखरको सञ्चित कोषको आकार २५२.३४ प्रतिशत बढेर ३१ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।

    यो पनि : 

    ५० करोड नाफा गरेर सेयरधनीलाई‘डबल डिजिट’ लाभांश दिने छौं (अन्तर्वार्ता)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend