logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • ५० करोड नाफा गरेर सेयरधनीलाई‘डबल डिजिट’ लाभांश दिने छौं (अन्तर्वार्ता)

    ५० करोड नाफा गरेर सेयरधनीलाई‘डबल डिजिट’ लाभांश दिने छौं (अन्तर्वार्ता)

    2.2K
    Shares
    ५० करोड नाफा गरेर सेयरधनीलाई‘डबल डिजिट’ लाभांश दिने छौं (अन्तर्वार्ता)

    ३० वर्ष लामो समय बिमा क्षेत्रमा बिताएका दीपप्रकाश पाण्डे दुई दशकदेखि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवस्थापकीय नेतृत्वमा छन् । शिखर इन्स्योरेन्समा आउनुअघि उनी एभरेष्ट इन्स्योरेन्समा थिए । प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनु पहिला उनी शिखर इन्स्योरेन्समा महाप्रवन्धक थिए । त्यसबेला शिखरमा दुई जना महाप्रवन्धक थिए । एक जनाले कम्पनीको प्राविधिक पाटो र अर्कोले बजार, वित्त तथा प्रशासनको जिम्मेबारी लिएका थिए । दुई जना महाप्रवन्धक हुँदै पाण्डे शिखर इन्स्योरेन्सको नेतृत्व गरेका थिए ।

    त्यसपछि उनले निरन्तर रुपमा शिखर इन्स्योरेन्सको नेतृत्व गर्दै आएका छन् । उनले दुई दशक अवधिमा निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्सलाई पहिलो स्थानमा पुर्याउन सफल भएका छन् । व्यवसाय विस्तार गरेर शिखरलाई अझै सबल बिमा कम्पनी बनाउने सोच उनको छ । समग्र बिमा बजारको अवस्था र कम्पनीको भावी योजनामा केन्द्रीत रहेर सुनौलो नेपालका लागि प्रकाश वलीले सिइओ पाण्डेसँग गरेको कुराकानी  :

    लामो समयदेखि शिखर इन्स्योरेन्सको नेतृत्वमा हुनुहुन्छ । नेतृत्वमा रहँदा कति सफल हुनुभयो ?

    म अझै सफल भएको छैन भन्छु । किनभने अझै धेरै काम गर्न बाँकी छ । बिमा यस्तो विषय हो, जहाँ सधैं आफुलाई सिकारु भएर नै सोच्नु पर्ने रहेछ । यो विषयमा कसैले मैले सबै जानेको छु भन्छ भने त्यो हावा गफ मात्र हो भन्छु । इन्स्योरेन्स यस्तो विषय हो, जति ज्ञान लिए पनि अपुरो नै हुन्छ । बिमामा नयाँ कुराहरु थपिँदै जाने हुन्छ । त्यसकारण मैले सबै जानिसकेको र बुझिसकेको भन्न सक्दिन ।

    यो इन्स्योरेन्स फिल्ड यति वृहत छ । कुनै पनि अवकास भईसकेको व्यक्तिले पनि नयाँ चिजमा मैले सबै जानिसकेको छु भन्न मिल्दैन । कुनै विषयमा मैले यती जानेको छु यती अनुभव छ भन्न मिल्यो होला । तर, पुरै इन्स्योरेन्स फिल्ड नै जानिसकेको छु भन्न मिल्दैन । आजको दिनमा जुन तरिकाले तपाईहरुको प्रेस जगत डिजिटल रुपमा अगाडी बढेको छ । त्यही रुपमा यो क्षेत्र पनि एकदमै वृहत रुपमा गईरहेको छ । यसमा दिन प्रतिदिन चुनौती तथा नयाँ कुराहरु थपिँदै गईरहेको बेला मैले सबै जानेको छु भन्न मिल्दैन । त्यसैले मैले आफुलाई विद्यार्थी कै रुपमा लिन्छु ।

    शिखर इन्स्योरेन्समा अझै कति वर्ष बस्ने सोचमा हुनुहुन्छ ?

    अहिले यति समय बस्छु भन्ने छैन । अब विस्तारै अभिभावकत्व लिने सोच बनाएको छु । जनशक्ति विकासको कुरा गर्दा हाम्रै कम्पनीमा आज ६ सय ५० जना कर्मचारी छन । शिखर इन्स्योरेन्समा ४ जना ‘क्वालिफाइड’ चार्टड एकाउन्टेन्ट छन । सेमी क्वालिफाइड ८/१० जना नै छन् । दुई जना डेपुटी सिइओ छन् । जनशक्तिको कुरा गर्दा १४÷१५ जना बाहेक ६ सय ५० जनाको पहिलो जागिरको अनुभव शिखर इन्स्योरेन्समै आएर भएको हो । त्यसले गर्दा हाम्रो सोचाइअनुसार उहाँहरुलाई ढाल्न सकेका छाँै, तालिम दिन सकेका छौँ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    दुई दशक एउटै कम्पनीमा बिताउनु भयो । अक्सर एक व्यक्ति एउटै कम्पनीमा सिइओ भएर यति लामो समय बस्दैन । तर, तपाईं शिखरमा बसिरहनु भएको छ । यहाँले नयाँ अवसर किन खोज्नु भएन ?

    यसमा दुईवटा कुरा छ । एउटा त यो कम्पनीलाई जुन उद्देश्यले ल्याइयो, त्यो विचारले मलाई प्रमुखको जिम्मेवारी मलाई प्रदान गरियो । त्यसमा मैले कहिले पनि घमण्ड गरिन । जुन मेरो अनुभव थियो त्यसैको कारणले मलाई जिम्मा दिइयो । मैले सँधै आफ्नो सोचेर काम गर्दै गएको छु ।

    दुई दशक एउटै कम्पनीमा बिताउनु भयो । अक्सर एक व्यक्ति एउटै कम्पनीमा सिइओ भएर यति लामो समय बस्दैन । तर, तपाईं शिखरमा बसिरहनु भएको छ । यहाँले नयाँ अवसर किन खोज्नु भएन ?

    यसमा दुईवटा कुरा छ । एउटा त यो कम्पनीलाई जुन उद्देश्यले ल्याइयो, त्यो विचारले मलाई प्रमुखको जिम्मेवारी मलाई प्रदान गरियो । त्यसमा मैले कहिले पनि घमण्ड गरिन । जुन मेरो अनुभव थियो त्यसैको कारणले मलाई जिम्मा दिइयो । मैले सँधै आफ्नो सोचेर काम गर्दै गएको छु ।

    यो कस्तो हुँदो रहेछ भने अर्काको नासो गलाको पासो जस्तै गरेर मैले कम्पनीलाई कसरी अगाडी बढाउने ? कसरी बिमा व्यवसाय वृद्धि गर्ने भनेर सोच जाँदो रहेछ । इन्स्योरेन्स भनेको जति काम गरे पनि सँधै विद्यार्थी जस्तो लाग्दो रहेछ । पहिला पहिला दिनको १ लाख आए पनि ओहो कति धेरै भन्ने लाग्थ्यो । तर, आजको दिनमा १ करोड रुपैयाँ बिमा शुल्क आए पनि पुगेन भन्ने हुन्छ ।

    मार्केटको डाइनामिक चेन्ज र क्यापिटललाइन चेन्जले कति फरक पार्दोरहे छ । नयाँ नयाँ प्रोडक्ट बजारमा आइरहेका छन् । यसले गर्दा शिखरमा यति रोमाञ्चक छ की मैले कहिले पनि अन्त जाने सोच्दा पनि सोचिन । १० करोड रुपैयाँ पुँजीबाट सुरु गरेको शिखर इन्स्योरेन्सको आज ३ अर्ब ६५ करोड रुपैयाँ नाघिसक्यो । हामीले पहिले १३ करोडको पुँजीबाट सुरु गरेको अहिले हामी ६ अर्ब रुपैयाँ पर्याउने योजनामा छौं । त्यो अगाडी बढ्दै जादा खेरी अनुभव पनि भयो । मैले अन्त जाने कुरा कहिले सोचिन । यसलाई अगाडि बढाउने भन्ने सोचअनुसार काम गरेको छु ।

    मार्केटको डाइनामिक चेन्ज र क्यापिटललाइन चेन्जले कति फरक पार्दोरहे छ । नयाँ नयाँ प्रोडक्ट बजारमा आइरहेका छन् । यसले गर्दा शिखरमा यति रोमाञ्चक छ की मैले कहिले पनि अन्त जाने सोच्दा पनि सोचिन । १० करोड रुपैयाँ पुँजीबाट सुरु गरेको शिखर इन्स्योरेन्सको आज ३ अर्ब ६५ करोड रुपैयाँ नाघिसक्यो । हामीले पहिले १३ करोडको पुँजीबाट सुरु गरेको अहिले हामी ६ अर्ब रुपैयाँ पर्याउने योजनामा छौं । त्यो अगाडी बढ्दै जादा खेरी अनुभव पनि भयो । मैले अन्त जाने कुरा कहिले सोचिन । यसलाई अगाडि बढाउने भन्ने सोचअनुसार काम गरेको छु ।

    आजको दिनमा अधिकाँश सूचकमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा छ । शिखरलाई कसरी पहिलो स्थानमा पुर्याउनु भयो ?

    बिमा कम्पनीलाई पहिलो बनाउन सर्वप्रथम जनताको मन जित्न आवश्यक छ । बिमा भनेको एउटा विश्वास हो । हामीले एउटा कागजको आधारमा जनतालाई विश्वास दिलाउ छौं । कागजको भरमा गरेको वचनलाइ तिर्नुपर्ने अवस्थामा लडबडाउनु हुदैन । बिमा गर्नेको विश्वास जित्यो भने आवश्यकताअनुसार बिजनेस बढ्छ । तपाईले हरेक इन्स्योरेन्समा हेर्नुहोस जुन बेला बिमाको बढी दाबी तिरेको छ, त्यही बेला बजारमा सेयर मूल्य बढेको छ ।

    अझै पनि समयमा दाबी भुक्तानी नपाएको अवस्था छ । शिखरको दाबी भुक्तानीको अवस्था कस्तो छ ?

    यसमा दुईवटा कुरा छ । सबैभन्दा पहिला बिमालाई प्राथमिकता दिनु पर्यो । बुझेर मात्र बिमा गर्नुपर्यो । खाली बिमा गर भनेर मात्र हुँदैन । बिमामा समय दिएर गर्नुपर्ने हुन्छ । बैंकमा ऋण लिन जाँदा सबै डकुमेन्ट बुझाएर महिनौं लाग्दा पनि त्यसलाई झन्झट नमान्ने । तर, बिमा गर्न जाने बेलामा १ घण्टालाई ढिलो भन्ने जुन परिपाटी छ, त्यसलाई अन्त्य गर्नुपर्छ । हामीले पनि यो विषयमा शिक्षित गराउन खोजेको छौं । अध्ययन अनुसन्धान गरेर कसरी बिमा गर्ने कुन तरिकाले गर्ने भनेर लागिरहेका छौं । त्यसैले बिना झण्झट समयमै दाबी भुक्तानी गरिरहेका छौं ।

    समयमै दाबी भुक्तानी गर्दा जनताको विश्वास बढाउँछ । १० वर्षको दौरानमा कृषि बिमाको अवस्था हेर्नु भयो भने त्यो बेला ३ करोड रुपैयाँ पनि पुगेको थिएन । तर, यो वर्षसम्म बढेर ३ अर्ब ५० करोड रुपैयाँ पुग्दै छ । दाबी भुक्तानी समयमै तिरिएकाले कृषि बिमा गर्नेको संख्या बढ्दै गएको छ । एक त सरकारको क्यालेण्डर भएको हुनाले सरकारले पनि मोनिटरिङ गरेको छ ।

    पछिल्लो समय बिमा कम्पनीको आकर्षण कृषि क्षेत्रतिर बढेको देखिन्छ । यो क्षेत्रमा बढी सम्भावना भएर हो ?

    यसमा दुईवटा पाटो छ । एउटा पाटो भनेको नेपाल कृषि प्रधान देश हो । मुख्यतय जलविद्युत, पर्यटन र कृषि बिमामा सहज भएको छ । पर्यटन क्षेत्र धेरै माथि गइसकेको छ । बिमा भनेको सबैले हुँदा खाने र हुने खानेले मात्र गर्ने भन्ने सोच्छन । हुने खानेले बुझिसकेको छ र उसले बिमा पनि गरेको छ । हुँदा खानेले आज के गर्ने भनेर सोच्छ । तर, उसले भविष्यको बारेमा सोच्दैन । अर्को पाटोे कृषि भनेको राष्ट्रको आवश्यकता हो । बुढापाकाले भन्थे पोखरी खनेपछि समयमा पानी भरिहाल्छ । त्यसले गर्दा कृषि क्षेत्रमा लगानी गरेर कृषकहरुको आर्थिक उन्नतीको लागि हामीले काम गर्न सक्यौं भने भोली बिमा बजार आफंै फस्टाएर जान्छ । त्यसले गर्दा कृषिमा हामीले धेरै सम्भावना देखेका छौं ।

    शिखर इन्स्योरेन्सले कृषि क्षेत्रमा कस्ता बिमा पोलिसी ल्याएको छ ।

    नेपाल बिमा प्राधिकरणले ३२ वटा कृषि बिमा प्रोडक्टहरुलाई कार्यान्वयन गर्न स्वीकृति दिइसकेको छ । हाम्रो कम्पनीले छुट्टै प्रोडक्टहरु ल्याएको छ । यसमा हामीेले यती बाढी आयो भने हामी यती तिर्छौं, तोकेको भन्दा बढी पानि आयो, खडेरी पर्यो र असिना आयो भने हामी यति दाबी भुक्तानी गर्छौं भनेर यस्ता किसिमको प्रोडक्टहरु ल्याएका छांै । मैले जागिर खाँदा यो सबै साचेको थिइँन । तर, अहिले यो सबै सत्य भएको छ ।

    नेपाल बिमा प्राधिकरणले ३२ वटा कृषि बिमा प्रोडक्टहरुलाई कार्यान्वयन गर्न स्वीकृति दिइसकेको छ । हाम्रो कम्पनीले छुट्टै प्रोडक्टहरु ल्याएको छ । यसमा हामीेले यती बाढी आयो भने हामी यती तिर्छौं, तोकेको भन्दा बढी पानि आयो, खडेरी पर्यो र असिना आयो भने हामी यति दाबी भुक्तानी गर्छौं भनेर यस्ता किसिमको प्रोडक्टहरु ल्याएका छांै । मैले जागिर खाँदा यो सबै साचेको थिइँन । तर, अहिले यो सबै सत्य भएको छ ।

    कृषि बिमामा जोखिम कतिको छ ?

    कृषि बिमामा एकदमै जोखिम छ । तर, राष्ट्रले आर्थिक उन्नती गर्यो भने बिमा बजार फस्टाएर जान्छ । बजार बढ्यो भने बिमा स्वत बढ्छ नत्र बिमा बजार बढ्दैन । यो खाली एउटा सिमित वर्गमा मात्रै बस्छ । त्यसले गर्दा किसानहरुको उन्नती भयो भने स्वतः बिमा बजार फस्टाउँछ । त्यही भएर बिमा कम्पनीहरुले कृषि बिमामा जोखिम लिनैपर्छ ।

    बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई लघुबिमा व्यवसाय गर्न अनुमति दिएको छ । भोलीका दिनमा लघुबिमा बजार खोसिने सम्भावना कत्तिको छ ?

    उँहाहरु आउनु भएको छ । म चाँही स्वागत गर्छु । पहिला २० वटा बिमा कम्पनी थिए । अहिले मर्जरका कारण १४ वटा मात्र भएको छ । अहिले ४ वटा कम्पनीले निर्जीवन लघुबिमा व्यवसाय गर्न अनुमति पाएका छन् । निर्जीवन बिमा कम्पनीको संख्या १४ मा ४ जोडेर १८ वटा पुगेको छ । यसमा खासै फरक पर्ला जस्तो लाग्दैन । तर, उहाँहरुसँग सहकार्य गर्ने एउटा वातावरण बनेको छ । अर्को भनेको उहाँहरु त्यो लेभेलमा गएर काम गर्नुहुन्छ भने झन राम्रो हो । हामीले गर्न नसकेको काम उहाँहरुले गर्नुहुन्छ । हामी पनि त्यो बजारबाट हटेका छैनौं ।

    प्राधिकरणले त्यहाँ लघुबिमा व्यवसाय गर्न पाउँदैन भनेको छैन । हामी त उहाँहरु नआउदै धेरै अघि त्यो ठाँउमा पुगिसकेको छौं । ५ वर्ष अघि नै शाखा विस्तारमा जानुपर्छ भनेर आफुलाई फैलाईसकेको छौं । हामीलाई त्यती खासै त्यसले असर गर्ला जस्तो लाग्दैन । बरु यसबाट हामीले बजार विस्तारमा सहयोग पाउन सकिन्छ ।

    हामीले काँधमा काँध मिलाएर अगाडी बढ्यौ भने दुवै पक्षलाई राम्रो हुन्छ । अब नयाँ आएका कम्पनीहरुलाई टिक्न गाह्रो छ । उहाँहरुले अब आफ्नो व्यवसायिक रणनीति बनाएर सहकार्य गरेर त्यहीअनुसार भिज्न सक्नु भयो भने ठिक छ, नत्र यो क्षेत्रमा टिक्न एकदमै गाह्रो छ ।

    बिमामा ‘इनोभेसन’ धेरै कम भएको देखिन्छ । किन होला ?

    अवश्य पनि हो । मैले बिमा प्राधिकरणमा कुरा गर्दा जहिले पनि भन्छु सर हामी गोरेटो बाटो खन्दिन्छौं त्यसलाई पिच गर्न पाउँदैन मजबुत नै गर्न पाउँदैन अरु कम्पनी आएर ट्रक र डोजर ल्याएर चलाउँछन् र त्यो बाटो बिगारेर हिड्छन । सरहरुले त्यो गर्न दिनु भएन आफ्नो बाटो बनाउनलाई उहाँहरुले क्षेत्र तोक्दिनु पर्यो भन्दै आएका छौं । त्यो भनेको नयाँ प्रोडोक्टको विकास र त्यसको क्षेत्र तोक्दिनु पर्यो । एउटा प्रोडक्ट बनाउन १० लाख रुपैयाँदेखि करोड रुपैयाँ पनि लाग्न सक्छ । त्यसै प्रोडक्ट त बन्दैन । नयाँ प्रोडक्ट ल्याउन त्यसमा धेरै अध्यन तथा अनुसन्धान गर्नुपर्छ ।

    तथ्यांक संकलन गरेपछि मात्र प्रोडक्ट बन्छ । हामी बिमा कम्पनीहरु त्यता तिर कम लागेको छौं । सबैलाई पकाएको खाना खाने बानी परेको छ । खाना बनाउनलाई त धेरै मेहिनत गर्नुपर्छ । कसैलाई खान बोलाएको छ भने उसलाई चाहिने स्वाद के हो भनेर सबै बुझेर मात्र पकाउछौं । त्यही भएर बिमा बजार जुन बाटोबाट जानुपर्ने थियो त्यो बाटोमा जान सकेको छैन कि जस्तो लाग्छ । त्यसैले बिमामा जति छिटो दाबी तिर्योे त्यती विश्वास बढ्छ ।

    मैले बिमा प्राधिकरणमा कुरा गर्दा जहिले पनि भन्छु सर हामी गोरेटो बाटो खन्दिन्छौं त्यसलाई पिच गर्न पाउँदैन मजबुत नै गर्न पाउँदैन अरु कम्पनी आएर ट्रक र डोजर ल्याएर चलाउँछन् र त्यो बाटो बिगारेर हिड्छन । सरहरुले त्यो गर्न दिनु भएन आफ्नो बाटो बनाउनलाई उहाँहरुले क्षेत्र तोक्दिनु पर्यो भन्दै आएका छौं । त्यो भनेको नयाँ प्रोडोक्टको विकास र त्यसको क्षेत्र तोक्दिनु पर्यो । एउटा प्रोडक्ट बनाउन १० लाख रुपैयाँदेखि करोड रुपैयाँ पनि लाग्न सक्छ । त्यसै प्रोडक्ट त बन्दैन । नयाँ प्रोडक्ट ल्याउन त्यसमा धेरै अध्यन तथा अनुसन्धान गर्नुपर्छ ।

    नयाँ प्रोडक्टहरु बनाउन बिमा प्राधिकरणबाट कतिको सहयोग पाइरहनु भएको छ ?

    हामीलाई त त्यस्तो अवस्था छैन । कहिलेकाही ढिलो चाँडो हुने त्यो बेग्लै कुरा हो । किनभने उहाँहरु पनि आफ्नो क्षमता बढाउन लागिरहनु भएको छ । उहाँहरुलाई पनि केही कुरा नयाँ छ । हामीले कतिपय नयाँ कुरा लिएर जान्छौ, त्यहाँ उहाँहरुलाई पनि त्यो कुरा नयाँ नै हुन्छ । हामीले उहाँहरुलाई कन्भिन्स गर्यौं भने उहाँहरुले समयमै निर्णय गर्नुहुन्छ । त्यसैले हामीले सही बाटोबाट कन्भिन्स गर्ने की गलत बाटोबाट त्यो हाम्रो हातमा छ । गलत बाटोबाट गर्यौं भने त्यो दिगो हुँदैन । सही बाटोबाट गयौ भने मात्र दिगो हुन्छ ।

    बिमा प्राधिकरणले कम्पनीको संख्या घटाउँदै गएकाले बजारमा प्रतिस्पर्धा कम देखिने भयो । बजारमा नयाँ कम्पनीहरु आउन आवश्यक छ कि छैन ?

    अहिलेको अवस्थामा नयाँ बिमा कम्पनी आवश्यक छैन । आवश्यक भए प्राधिकरणले बिमा कम्पनीको संख्या घटाउने थिएन । ंहाम्रो पुँजी बढिसक्यो । हामीले २ अर्ब ५० करोड रुपैयाँको पुँजी पुर्याइसकेका छौं । आजको दिनमा हाम्रो पुँजीगत क्षमताअनुसारको बिमा बजार छैन जस्तो लाग्छ । त्यै पनि हामीलाई प्रेरित गरेर नयाँ प्रोडक्ट ल्याएर भोली व्यवसाय बढ्यो भने बजारमा अवश्य नयाँ कम्पनी आउनैपर्छ ।

    शिखर इन्स्योरन्सले अहिलेसम्म मर्ज गरेको छैन । शिखरको मर्ज नगर्ने नीति हो ?

    हामीले मर्जरको काम नगरेको भने हैन । मर्जरमा जान दुईवटा कुरा छ । दिमागले सोच्ने कि दिलले सोच्ने ? हामीले यो विकासको क्षणमा दिमागले हैन दिलले सोच्छांै अनि मर्जर हुँदैन । त्यसैले मर्जर होस् वा नहोस् अगाडी बढ्नु पर्छ भन्ने कुरा हामीले ५/६ वर्ष पहिले नै थाहापाईसकेको हो । त्यो बेला ऐनको प्रावधान आउदा ४ अर्ब रुपैयाँ पुँजीको परिकल्पना गरेको थियो ।

    एउटा संस्था बनाउ, जागिरको अवसर सिर्जना गर, बजार बिस्तार गर, नयाँ प्रोडक्ट ल्याउ भनेर मलाई सञ्चालक समितिले जिम्मेबारी दिएको छ । त्यही भएर म त्यतातिर लागिरहेको छु । अहिले शिखरको १ सय १५ वटा शाखाहरु भईसकेको छ । मर्ज भएका कम्पनीको पनि बल्ल त्यही हाराहारीमा शाखा पुग्न लाएको छ । हाम्रो बिमा बजार हिस्सा १४ प्रतिशत छ ।

    अब त्यसलाई बढाउन तिर लागिरहेका छौं । नयाँ प्रोडक्ट विकास गर्न लागिरहेका छौ । गाँउगाँउमा गएर बिमाको सेवा दिएको छौं र सोहीअनुसार दाबी तिरेको छौं । यसले गर्दा शिखर इन्स्योरेन्स अझ सबल संस्था बन्ने तिर अगाडी बढेको छ । लगानीकर्तालाई हामीले राम्रो प्रतिफल दिईसकेको छौं । त्यसैले गर्दा बिमा बजारको आर्थिक उन्नती गर्न मर्ज मात्रै आवश्यकता होइन । अहिले बिमा बजार महंगो हुने बाटोमा गएको छ ।

    अब त्यसलाई बढाउन तिर लागिरहेका छौं । नयाँ प्रोडक्ट विकास गर्न लागिरहेका छौ । गाँउगाँउमा गएर बिमाको सेवा दिएको छौं र सोहीअनुसार दाबी तिरेको छौं । यसले गर्दा शिखर इन्स्योरेन्स अझ सबल संस्था बन्ने तिर अगाडी बढेको छ । लगानीकर्तालाई हामीले राम्रो प्रतिफल दिईसकेको छौं । त्यसैले गर्दा बिमा बजारको आर्थिक उन्नती गर्न मर्ज मात्रै आवश्यकता होइन । अहिले बिमा बजार महंगो हुने बाटोमा गएको छ ।

    के कारणले बिमा बजार महंगो हुँदै छ ?

    बिमाको मूल्यांकनदेखि लिएर प्रोडक्ट डेभलपमेन्ट, प्रोडक्टलाई मनिटरिङ, रिस्कलाई कायम गरेर रिसर्च गर्दा बिमा बजार महंगो हुन सक्छ ।

    विगतको वर्षमा शिखर इन्स्योरेन्सले लगानीकर्ताहरुलाई राम्रो लाभांस दिदै आएको थियो । यो वर्ष दिन सकेन किन ?

    लाभांश नदिने अब यो साल मात्रै हो । हामीले थप निष्कासन (एफपिओ) जारी गरेका थियौं । एफपिओबाट जुन प्रिमियमहरु आएको थियो त्यसबाट १६ करोड रुपैयाँ कर दायित्व सरकारलाई तिर्यौं । त्यसले गर्दा यसपाली लगानीकर्तालाई लाभांश रोकिएको हो । सरकारलाई कर तिर्नु नपरेको भए यसपाली पनि ७ देखी १० प्रतिशत लाभांश दिने थियौं । यसपाली नभए पनि अर्को वर्ष लाभांश राम्रै हुन्छ ।
    हाम्रो कम्पनी ५ अर्ब रुपैयाँ भन्दा बढीको नेटवर्थ भइसकेको छ । व्यवसाय पनि बढेको छ । आजको दिनमा ६ सय ५० जना कर्मचारीको खर्च व्योहर्ने सामथ्र्य भईसकेको छ । कम्पनीको डेटा हेर्दा प्रोग्रेसिभ

    बाटोमा छांै भने १/२ वर्षको दुःख मात्र हो, हामी ग्रोथ मोडमा छौं ।

    यो वर्ष बजार विस्तारको अवस्था कस्तो हुनेछ ? नाफा कति हुने अनुमान छ ?

    पोहोर साल ३६ करोड रुपैयाँ खुदनाफा भएको थियो । अब यो वर्ष ५० करोड रुपैयाँ खुदनाफा हुने अनुमान छ । हामीले बजार विस्तारको कुरा गर्दा ६ अर्ब रुपैयाँको लक्ष्य लिएर अगाडी बढेको छौं । बिमा व्यवसाय १० प्रतिशत बढ्ने प्रक्षेपण गरेर अगाडी बढेका छांै । आजको दिनमा लक्ष्य प्राप्त भएको छ । भोली कसरी जान्छ थाहा छैन । व्यापारमा हामी प्रक्षेपणअनुसार अगाडी बढेको छौं ।

    आगामी वर्ष सेयरधनीलाई कति लाभांश दिनुहुन्छ ?

    त्यो त कम्पनी सञ्चालक समितिले गर्ने निर्णय हो । मैले आज यति हुन्छ भन्न सक्दिन । दोहोरो अंकमा लाभांश दिने गरी अघि जानुपर्छ भनेर हामीलाई बोर्डले निर्देशन दिएको छ । त्यहीअनुसार अगाडी बढेको छौं।

    शिखर इन्स्योरेन्सको सबैभन्दा बढी मोटर बिमा नै होला हैन ?

    छैन, हाम्रो जम्मा पोर्टफोलियोको २८ देखि ३० प्रतिशत मात्र होला । हाम्रो मोटर बिमा मात्रै छैन् । हामी मोटर, कृषि, प्रोपर्टी, मनी ट्रान्फरलगायत सबै पोर्टफोलियामा बराबर स्थितिमा छौं ।

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend