logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह

    चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह

    741
    Shares
    चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह

    काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

    २८ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले असन्तुष्टि व्यक्त गरेकी हुन् । भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणतस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

    ६० हजार बढिलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने मन्त्री साहले बताइन् । उनले राष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेको बताइन् ।

    मन्त्री साहले काठमाडौंको हलमा यो कार्यक्रम आयोजना गरिएकोमा राष्ट्रिय चिया तथा कफी बोर्डको पदाधिकारीप्रति असन्तुष्टि पनि व्यक्त गरीन्। इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने उनको भनाई थियो ।

    उनले भनीन् ‘आज यो कार्यक्रम एउटा हलमा सिमित छ । मलाई पनि कता कता खुल्दुली लागिरहेको छ–यो कार्यक्रम इलामको कुनै बगानमा गर्नुपथ्र्यो । अथवा झापाको कुनै बगानमा गर्नु पर्दथ्यो । चिया बगानमा गर्दा अझ बेटर हुन्थ्यो कि भन्ने मलाई लागेको छ । हुनतः म आफैँले हिजोदेखि यो कार्यालय सम्हालेको छु ।

    धेरै कुराहरु आईसकेको छ कि यो चिया, कफी बोर्ड यसको विकासका गर्नका लागि बोर्ड बनेको हो । तर दुई वर्षमा बैठक बस्छ । त्यसमा पनि भत्ता र सरुवा हुनेकुरा यहाँ आईसक्यो । सुझाव दिनेहरुलाई पनि म धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

    र जो वास्तविक कृषक छ । १६ हजार लगभग किसानहरुले झापा, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम लगायतका जिल्लाहरुमा जो शुरुवात गरेकी छन्। चिया तथा कफी व्यवसायीहरुले जो शुरुवात गरेकी छन् ।

    र अझ बिस्तार गरेर १४ जिल्ला अझ थप गर्नुभएको छ । खुशीको कुरा कहाँनिर छ भने हामी निराश भन्दा पनि हिजोको ४ वटा जिल्ला झापा, इलामबाट शुरु चिया आज झापा, तेह्रथुम, धनकुटा, पाँचथर लगायत अझ हामीले बिस्तार गरेर सबै गरेर १९ जिल्लामा हामी काम गरिराखेका छौं । जसमा ६० हजार श्रमिकहरुले काम गर्न पाएका छौं । यो चानचुन कुरा होइन ।

    देशलाई समृद्ध बनाउन पनि हामी जे जति छ, त्यसैमा सन्तुष्टि गरेर आउने समस्यालाई समाधान गरेर अगाडि बढ्न सक्यो भने हामीले हाम्रा समस्याहरुलाई समाधान गर्ने आँट पनि गर्नुपर्छ ।’

    मन्त्री चौधरीले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न पनि व्यवसायीहरुलाई आग्रह गरीन् ।

    कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशन डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायतका जिल्लाहरुमा पनि पर्ने भएकाले यस पटक पनि सो क्षेत्रमा गएर राष्ट्रिय चिया दिवस मनाउन नसकिएको स्पष्टिकरण दिएकी थिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend