logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

    धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

    1K
    Shares
    धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
    जनकपुर । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
    महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend