logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा

    अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा

    637
    Shares
    अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छन् ।

    बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै राणाले यस्तो बताएकी हुन् ।

    उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गरिन् । उनले अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गरिन् ।

    पूर्वअध्यक्ष राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताइन् । उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गरिन् । उनले अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको बताइन् ।

    उनले पछिल्लो समय उद्योग व्यवसाय ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएकाले केही उद्योग क्षेत्रमा समस्या देखिएको बताइन् । उनले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको बताइन् । उनले बजारमा पनि व्यवसायीहरुको उधारो समेत उठ्न नसकेको जानकारी दिइन् । पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडी बैंक र व्यवसायीहरु लाग्ने गरेको बताइन् ।

    उनले होटल, सिमेन्ट,औषधि र छड राम्रो भएसँगै सबै व्यवसायीहरु त्यतितिर लगानी लगाउन थालेकाले पनि समस्या आएको बताइन् । उनले सानो देशमा धेरै उत्पादन गर्दा खपत गर्न नसक्ने भएकाले त्यस्तो हुँदा निर्यात वेसमा लैजान सक्नुपर्ने बताइन् । बैंक र व्यवसायीहरुले विश्लेषण गरेर मात्रै लगानी गर्न आवश्यक रहेको बताइन् । उनले बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा हुनु नहुने बताइन् ।

    उनले भनिन्, ‘उद्योग व्यवसाय ३० प्रतिशतको क्षमतामा मात्रै सञ्चालनमा आएका छन् । यसरी हेर्दा उद्योग क्षेत्रमा डरलाग्दो अवस्था छ । व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन सकेका छैनन् । व्यवसायीहरुको बजारबाट उधारो समेत उठेको छैन । यो भनेको अर्थतन्त्रमा चुनौतिपूर्ण अवस्था हो । यसले बैंकहरुलाई पनि अफ्ठ्यारोमा पारिरहेको छ । आगामी बजेटमा सरकारले कसरी सुधार ल्याउँछ हेर्न बाँकी छ । अहिलेको अर्थतन्त्रलाई सरकारले रिभाइभ गर्ने हो भने बैंकको ब्याजदर र सरकारका नीतिहरुमा स्थायित्व आवश्यक रहेको छ ।

    अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन सकेको छैन । निजी क्षेत्रको मनोबल बनाउने गरी बजेट तथा नीति कार्यक्रम ल्याउन सक्दा अर्थतन्त्रमा सुधार हुनसक्छ । धेरै बिग्रिएको छैन । अर्थतन्त्रलाई पुन सुधार गर्नसक्छौं । माग र सप्लाईमा बैंकर्स र व्यवसायीहरुको फल्स छ की भन्छु । हामी एउटा व्यवसायी देख्ने वित्तिकै त्यसैको पछाडी जान्छौं । होटल भनेपछि होटल खोल्छौं ।

    सिमेन्ट,औषधि,छडतिर नै लाग्छौं । त्यसलाई पनि मानसिलाई परिवर्तन गर्न आवश्यक छ । सानो देशलाई निर्यात वेसमा लैजान सक्नुपर्छ । कुन व्यवसायमा हामीले लगानी गर्यो भने त्यसले रिटर्न दिन्छ । कसको माग छ भन्ने कुरामा पनि मूल्यांकन गर्नुपर्ने जस्तो लाग्छ । बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा नभइकन अब ग्याप विश्लेषण गर्नुपर्यो । सम्पती छ भनेर कर्जा दिनु भन्दा पनि व्यवसायको दिगोपन कति छ भनेर विश्लेषण गर्नु आवश्यक छ । अहिल विकास खर्च भन्दा प्रशासनिक खर्च बढी छ । यती गर्दा मात्रै अर्थतन्त्रमा केही सुधार आउँछ ।’

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले कसिलो नीतिले अटो व्यवसाय धरासयी हुँदै गएको बताए । उनले अहिलेको अवस्थामा चले अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गरे । उनले नेपालको भेइकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख गरे । उनले सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके अटो व्यवसाय धरासयी बन्ने निश्चित रहेको दाबी गरे । उनले चोरीबाट पार्टपूर्जाहरू आएका कारण अटो कारोबार कम हुँदै गएको बताए ।

    उनले अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भएको बताए । तर पछिल्लो समय सबैभन्दा धरासयी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend