logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • शेयर बजारमा झिनो अकंको सुधार, ३ अर्ब १२ करोडको शेयर कारोबार

    शेयर बजारमा झिनो अकंको सुधार, ३ अर्ब १२ करोडको शेयर कारोबार

    650
    Shares
    शेयर बजारमा झिनो अकंको सुधार, ३ अर्ब १२ करोडको शेयर कारोबार

    काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ । हिजो झिनो अकंले घटेको बजार आज भने सुधार देखिएको हो ।

    आज शेयर बजार नेप्से परिसूचक ५.६३ अंकले बढेर १,९६६ को विन्दुमा कायम भएको छ ।

    आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

    आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले कमाएका छन् । सिटि होटल्सका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ७.४१ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले ८.४८ प्रतिशतका दरले गुमाएका हुन् ।

    आज १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको ०.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले बढेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend