logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • जनता समाजवादीद्धारा ४६ दशमलब ६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी

    जनता समाजवादीद्धारा ४६ दशमलब ६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी

    2.2K
    Shares
    जनता समाजवादीद्धारा ४६ दशमलब ६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी

    जनता समाजवादी पार्टीले बिहीबार काठमाडौँमा योजना गरेको पत्रकार सम्मेलनमा अफ्नो नयाँ दर्ता भएको जसपा पार्टीका विषयमा पत्रकारहरुलाई जानकारी दिँदै पार्टी अध्यक्ष अशोक राई । तस्बिर : विमलबहादुर बिष्ट/रासस

    काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६ दशमलब ६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।

    आज काठमाडौँमा सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी ४६ दशमलब ६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको जनाकारी दिएको हो ।

    जसपा नेपाल नेतृत्वको अक्षमताका कारण एक रहिरहन नसकेको एवं पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेका कारण अलग हुनु पर्ने अवस्था आएको अध्यक्ष अशोक राईले जानकारी दिए ।

    उनले पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । उनले भने, “अन्याय धेरै दिनसम्म सहन सकिन्न, निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफूहरुको दल दर्ता गरेको हो, उपेन्द्र जीलाई अदालतको बाटो खुला छ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend