logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम–२ मा ५२ प्रतिशत मत खस्यो

    प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम–२ मा ५२ प्रतिशत मत खस्यो

    949
    Shares
    प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम–२ मा ५२ प्रतिशत मत खस्यो

    इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ ।
    दिउँसो ३ बजेर ३० मिनेट सम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    खसेको मत संख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् ।

    बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

    सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

    सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend