logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

    मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

    520
    Shares
    मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताएकी छन् । बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताइन् । उनले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको पनि बताइन् । उनले लेखा परीक्षकहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गरिन् ।

    उनले भनिन्, ‘हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ । यसबाट बनेको सम्बन्धहरुमा सुदृढ र नविन सम्बन्ध झनै राम्रो वातावरण तयार हुने गरेको छ ।’

    मन्त्री ज्वालाले कुनैपनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसावको खर्चको प्रणालीको पारदर्शीता रहेको बताइन् । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने बताइन् । उनले विकास निर्माणको नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend