logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकता

    आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकता

    1.1K
    Shares
    आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकता

    प्रकाश ओली

    काठमाडौ, १५ वैशाख । आम जनता पार्टी र समाजवादि जनएकता पार्टीबीच एकता भएको छ ।

    आज क्वालिटी बैङकेट बुद्धनगर काठमाडौँमा आयोजित एकता विशेष समारोहमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठले एकता पत्रमा हस्ताक्षर गरेर औपचारिक रुपमा पार्टी एकता भएको घोषणा गरेका हुन् ।

    सोही कार्यक्रममा बोल्दै आम जनता पार्टिका अध्यक्ष शाहले अहिलेका गणतन्त्रबादिले जनतालाई ठगेर उल्लु बनाईरहेको आरोप लगाए । उनले भने, “अब दुबै पार्टिको एकतामा हामी अब थप उचाईमा बढ्दै छौँ । अब जनता ठग्ने तथा भ्रष्टचारीहरु हामीसँग डराउने बेला आएको छ ।”

    यस्तै उनले नेपालको सिस्टम नै गलत भएको र सबै मिलेर अहिलेको व्यबस्थालाई नफाले सम्म नेपाल र जनताको विकास कहिले पनि नहुने दाबी गरे ।

    यसैगरी उनले अहिलेको लुटकारी व्यबस्था फाल्न र असली लोकतन्त्र ल्याउन अब तेश्रो जनाअन्दोलन गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend