logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नागरिक उन्मुक्तिद्धारा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

    नागरिक उन्मुक्तिद्धारा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

    2.9K
    Shares
    नागरिक उन्मुक्तिद्धारा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    आज बसेको सो पार्टीको पुर्ण बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आजको बैठकले लुम्बिनी र सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

    उनका अनुसार कारबाही फुकुवा गर्ने, सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने लगायतका मुद्दाको सवालमा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग एकमत हुने निर्णय बैठमा भएको छ ।

    विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन् । फेसबुकमार्फत उनले यस्तो जनाएका हुन् ।

    उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए ।

    यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरुले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने उल्लेख गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend