logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

    नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

    1.6K
    Shares
    नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

    बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा छलफल हुनेछ ।

    साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ । नेपाली काँग्रेसले यसअघिको हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा रकम हिनमिना गरेको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै संसद अवरोध गरेको थियो ।

    काँग्रेसले सभामुखसँग शिर्ष नेताहरुको बैठकमा पनि अहिले पनि संसदीय छानबिन समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग यथावत राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend