logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • वेष्टइण्डिज ए विरुद्ध कप्तान पौडेलले बनाए शतक

    वेष्टइण्डिज ए विरुद्ध कप्तान पौडेलले बनाए शतक

    1.2K
    Shares
    वेष्टइण्डिज ए विरुद्ध कप्तान पौडेलले बनाए शतक

    काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी-२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरे ।

    यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

    उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

    नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend