logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घट्यो

    भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घट्यो

    364
    Shares
    भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घट्यो

    काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ ।

    जुनमा सीपीआई ५.०८ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जुनमा ९.३६ प्रतिशतको तुलनामा जुलाईमा ५.४२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ ।

    अधिकारीहरूका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) को फिल्ड अपरेसन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य तथ्याङ्कहरू सङ्कलन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend