logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छः प्रधानमन्त्री ओली

    लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छः प्रधानमन्त्री ओली

    308
    Shares
    लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् ।

    लोकतन्त्र विरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? भन्ने बारेमा सरकार सचेत रहेको बताएका हुन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उनले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताए ।

    प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धिहरु हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरु सरकारका लागि सैह्य नहुने स्पष्ट पारे ।

    उनले लोकतान्त्रिक प्रणाली विरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउने काममा सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई अपनाउने सम्बन्धमा राजनीतिक दलहरुबीच फरक मत नभएको पनि बताए ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend