logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • देशको लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश गएको छः कानूनमन्त्री चौरसिया

    देशको लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश गएको छः कानूनमन्त्री चौरसिया

    273
    Shares
    देशको लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश गएको छः कानूनमन्त्री चौरसिया

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन शिर्ष नेताहरुले गरेको सम्बोधन ऐतिहासिक भएको बताएका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री चौरसियाले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने शुद्ध भावनाका साथ सांसदहरुले सम्बोधन गर्नुले लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश गएको बताएका हुन् ।

    उनले देशको लोकतन्त्रलाई कसैले हल्लाउन नसक्ने सन्देश गएको बताए । उनले विधेयक पीडितहरुको पक्षमा रहेको बताए ।

    उनले भने – ‘सबैले एक स्वरमा शान्ति प्रक्रिया निस्कर्षमा पु¥याउने शुद्ध भावनाका साथ संसदलाई सम्बोधन गर्नुभएको छ । यसले यो देशको लोकतन्त्र दिगो छ, बलियो छ, यसलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश देशभित्र गएको छ ।

    विधेयक द्वन्द्वपीडितमैत्री छ । पीडितहरुको पक्षमा छ । पीडितको स्वतन्त्र सहमती भएमात्रै मेलमिलाप हुने भनेको छ । आउने दिनमा नेपालमा पुनः यस्तो अवस्था नआउनेगरी व्यवस्था गरेको छ ।’

    मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्वको अवस्था नआउने गरी विधेयकमा व्यवस्था गरिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend