logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु छन् : मन्त्री खड्का

    विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु छन् : मन्त्री खड्का

    364
    Shares
    विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु छन् : मन्त्री खड्का

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तरमन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु रहेको बताए । उनले अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको बताए ।

    उनले महाकाली सिंचाई आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१—०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताए । उनले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताए । उनले श्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताए ।

    उनले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताए ।

    उनले भने, ‘नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु छन् । र प्रगतिको हिसावले पनि त्यो अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको पाइन्छ ।

    महाकाली सिंचाई आयोजनाका सन्दर्भमा अहिले आर्थिक वर्ष २०८१—०८२१ का लागि यस महाकाली सिंचाई आयोजनामा तेस्रो चरणलाई पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ । यसका ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको देखिन्छ ।

    पैसाको अभाव ठिक हो, केही पैसाको अभाव रहेकै छ । यसलाई श्रोत सुनिश्चितता गरेर अघि बढाउने भन्ने कुरा छ । जग्गा प्राप्ति, वनको समस्या रहेको छ ।’

    वनको समस्या समाधानका लागि रुख कटान गर्न मन्त्रीस्तरीय निर्णय भइसकेको बताए । ७ हजार ४२८ वटा रुख कटान गर्ने अवस्था रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend