काठमाडौं । संघीय संसदका दुई समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिहरुलाई शपथ गराए ।
संसदीय सुनुवाइ समितिकी सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिका सभापति नेकपा एमाले का सांसद ठाकुर गैरेले शपथ लिएका हुन् ।
उनीहरू बिहीबार निर्विरोध सभापति निर्वाचित भएका थिए ।