logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा तयार, संसदमा पेश गर्ने तयारी

    नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा तयार, संसदमा पेश गर्ने तयारी

    910
    Shares
    नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा तयार, संसदमा पेश गर्ने तयारी

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक आर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए ।

    “मन्त्रालयले क्यानलाई अलग बनाउने कानुनका मस्यौदा अगाडि बढाएको हो । क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो,” सचिव पाण्डेले भने ।

    क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रियसभामा दर्ता गराएका थिए ।

    विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो ।

    मन्त्रालयले संस्कृति नीति तयार गरेको जानकारी दिँदै सचिव पाण्डेयले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको बताए ।

    अघिल्लो आर्थिक वर्ष १० लाख १४ हजार आठ सय ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटकको औसत बसाई १३ दिन रहेकामा १३ दशमलव ५ पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend