logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • नागरिकमा परिवर्तनको महशुस हुनेगरी काम गर्दैछौँः उपप्रधानमन्त्री सिंह

    नागरिकमा परिवर्तनको महशुस हुनेगरी काम गर्दैछौँः उपप्रधानमन्त्री सिंह

    350
    Shares
    नागरिकमा परिवर्तनको महशुस हुनेगरी काम गर्दैछौँः उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले वर्तमान सरकारका मन्त्रीले अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताए । उनले आम नेपालीको अपेक्षालाई मूर्त रुप दिन वर्तमान सरकार बनेको जिकिर गरे ।

    उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रुपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए । उनले आफूहरु पदमा गएर झण्डा फर्फराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अफ्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए ।

    उनले परिवर्तनको महशुस हुनेगरी काम गर्न सबैको सद्भाव आवश्यक रहेको बताए । उपप्रधानमन्त्री सिंहले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावाकारीताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । वर्तमान सरकार सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसदको सबैभन्दा ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार गठन गरेको बताए । वर्तमान सरकार वर्षौंसम्म चल्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend