logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक छ : उद्योगमन्त्री भण्डारी

    नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक छ : उद्योगमन्त्री भण्डारी

    266
    Shares
    नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक छ : उद्योगमन्त्री भण्डारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा स्टार्टअप नेशन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले उद्योगहरुलाई विविधिकरण गर्न, परम्परागत उद्योगहरुलाई निर्भरता घटाउन र अत्याधुनिक प्रविधिको विकास र प्रयोग एवं नेतृत्वदायी भुमिका खेल्ने भएकाले नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक भएको बताए ।

    उनले स्टार्टअप उद्यममैत्री पर्यावरण निर्माण गर्नको निम्ति सरकारले राष्ट्रिय स्टार्टअप नीति २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको पनि बताए । उनले नीतिले स्टार्टअप व्यवसायलाई परिभाषित गर्नुका साथै यसका लागि आवश्यक पर्ने रणनीति तथा कार्यनीतिहरुको व्यवस्था गरेको बताए ।

    उनले स्टार्टअप नीति मुल लक्ष्य उद्यमशीलताको माध्यमबाट उत्पादन एवं रोजगारी सिर्जना गर्ने रहेको बताए । उनले नीतिमा स्टार्टअप प्रवद्र्धन गर्न तहगत सरकारको जिम्मेवारी निजी क्षेत्र र प्राज्ञिक संस्थासँग सहकार्य गर्ने विषयमा समेत उल्लेख गरेको बताए ।

    उद्यागमन्त्री भण्डारीले स्टार्टअपमैत्री वतावरणलाई थप सहज बनाउनको निम्ति नेपाल सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गरी स्टार्टअप उद्यमको करका प्रशासन अभिलेख, व्यवस्थापन र स्टार्टलाई सुविधा उपलब्ध गराउने कानूनी व्यवस्था गरिसकेको बताए ।

    मन्त्री भण्डारीले स्टर्टअपहरुको वित्तीय पहुँचलाई सहज बनाउन आर्थिक वर्ष २०८०/२०८१ मा १६५ वटा स्टार्टअपलाई वार्षिक ३ प्रतिशत सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको बताए । चालु आर्थिक वर्षमा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न १ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

    उनले चालु आर्थिक वर्षमा सबै प्रदेशमा कम्तिमा एउटाका दरले उद्यम समर्थन केन्द्रको स्थापना गर्न १ करोड ५५ लाख विनियोजन गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend