logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • बागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने बाँकी भुक्तानी रोक्दैनौं : मुख्यमन्त्री लामा

    बागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने बाँकी भुक्तानी रोक्दैनौं : मुख्यमन्त्री लामा

    497
    Shares
    बागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने बाँकी भुक्तानी रोक्दैनौं : मुख्यमन्त्री लामा

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश सरकारले निर्माण व्यवसायीहरुले भुक्तानी पाएनौं भन्ने अवस्था बन्न नदिने प्रतिवद्धता जनाएका छन् । काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले राखेको बधाई तथा शुभकामना कायक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    उनले निर्माण व्यवसायीहरुले बागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुको भुक्तानी पाइएन भन्ने वातावरण नबनाउने गरी काम गर्ने बताए । उनले निर्माण व्यवसायीहरुले बागमती प्रदेशमा निर्माण सम्पन्न गरेका आयोजनाको एक हप्ताभित्र सबै भुक्तानी दिने उल्लेख गरे । उनले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर पूर्वाधार निर्माणको काम भएन भन्न नमिल्ने बताए ।

    उनले निर्माण व्यवसायीहरुको भुक्तानी दिएर काम अगाडि बढाउने पहिलो प्रथमिकतामा राख्ने निर्माण व्यवसायीहरुसँग प्रतिवद्धता जनाए । उनले बागमती प्रदेशले बनाउने निर्माण सम्बन्धि ऐनहरु र निर्माण व्यवासायीलाई अफ्ठ्यारा अवस्थालाई सहजिकरण गरिने बताए ।

    मुख्यमन्त्री लामाले रोजगारी सिर्जना गर्नको लागि उद्योगधन्दा खुल्नुपर्ने बताए । उनले सरकारले मात्रै निर्माण व्यवसायीहरुलाई सहजिकरण गरेसँगै व्यवसायीहरुले पनि कमजोरीहरुलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले निर्माण क्षेत्रमा सरकारका नीतिगत व्यवस्थाहरुमा अफ्ठ्याराहरु रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने बताए ।

    उनले सरकारले कानून बनाउँदा व्यक्ति लक्षित गरेर नभई निर्माण व्यवसायीमैत्री र दीर्घकालिन सोचका साथ बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बागमती प्रदेश सरकारले निर्माण व्यवसायीलाई परेका अफ्ठ्यारो अवस्थालाई सहजिकरण गर्ने विश्वास रहेको बताए । निर्माण व्यवसायीहरुले बागमती प्रदेश सरकारले व्यवसायीमैत्री नीतिहरु बनाउँदै भुक्तानीको समस्या सहजिकरण गर्न माग गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend