काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना’ ल्याएको छ ।
यो ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना’ यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।
ग्राहकवर्गले ‘आरबीबी भेहिकल लोन’ लिँदा ०.५ प्रतिशत प्रशोधन फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणालीमा लोन लिन सकिने छ ।
विस्तृत जानकारीका लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।