logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सांसद पन्तको प्रश्न : देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ?

    सांसद पन्तको प्रश्न : देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ?

    287
    Shares
    सांसद पन्तको प्रश्न : देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ?

    काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उाले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताइन् । उनले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् । उनले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन् ।

    उनले भनिन्, ‘देशभर डेंगुको प्रकोपले जनता हैरान छन् । डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ कता छ ? त्यो जान्न चाहन्छु । हामीसँग विवरण छैन । हामीलाई थाहा छ, डेंगुले नेपाली जनतालाई धेरै दुःख दिएको छ । हरेक जिल्लामा पुगेको छ ।

    हैजा फैलिएको छ । हैजाको कहाँ कहाँ पुगेको छ, कारण के हो ? त्यो कारण पत्ता लगाइ सरकारको जवाफको निम्ति अध्यक्षज्युको रुलिङ होस् । यति लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति अध्यक्षज्युले रुलिङ पनि गर्नुभएको छ । सरकारले नसुनेको हो की ? हामी जान्न चाहन्छौँ ।’

    सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend