logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नुहुँदैन : सभापति लामिछाने

    भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नुहुँदैन : सभापति लामिछाने

    273
    Shares
    भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नुहुँदैन : सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन् ।

    उनले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताए । उनले नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताए । उनले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने बताए ।

    उनले भने – ‘भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राखिनु हुँदैन । हामी यसमा स्पष्ट छौँ । र सिंगो सदन यो ठाउँमा उभिने छ भन्ने विश्वास गराउन चाहान्छु । नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपले हेरिएको छ । यसलाई अख्तियारले पनि ध्यान दिएको छ । यसलाई परिभाषित गर्ने पनि गरेको छ । त्यसबारे म ध्यान गराउँछु ।

    नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ । दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतिघरमा आन्दोलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको तर अबेर राति छोडेको भन्ने सुनियो ।

    म सरकारलाई सोध्न चाहन्छु के खगेन्द्र जस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो ? आफ्नो हक माग्नेजति सबैलाई मुख थुनेर बन्द गर्ने नियत हो कि सरकारले ऊ जस्ता अभियन्ताहरुको आवाज सुनेर संविधानले निर्दिष्ट गरे अनुसार राज्यको संरचनाहरुमा सहभागिता गराउने हो ? सरकारले स्पष्ट पारोस् ।’

    सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माईतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

    उनले दलितहरुले आफ्नो हक माग्नु गलत हो ? भनि सरकारलाई प्रश्न समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend