logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्दी भए पनि सामना गर्न तयार छौं : नेपाल

    साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्दी भए पनि सामना गर्न तयार छौं : नेपाल

    1.4K
    Shares
    साफ यु-२० च्याम्पियनसिप : सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्दी भए पनि सामना गर्न तयार छौं : नेपाल

    काठमाडौं । बंगलादेशसँगको जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा जुन सुकै टोली आएपनि चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।

    समूहको अन्तिम खेलमा बंगलादेशमाथि २-१ को जित निकाल्दै नेपाल समूहविजेता बन्यो । तर सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भने टुङ्गो लागेको छैन ।

    भारत र माल्दिभ्सबीच शुक्रवारको खेलपछि मात्र नेपालको प्रतिद्वन्दी टुङ्गो लाग्नेछ । जितपछि नेपालका प्रशिक्षक श्रेष्ठले सबै टोली बलिया नै रहेकाले सेमिफाइनलमा जो कोही आएपनि चुनौती सामना गर्न नेपाल तयार रहेको प्रतिक्रिया दिए । उनले आजको खेलमा जित्नैपर्ने दबाबमा रहेको र शुरुवातमा अग्रता लिने योजना पनि सफल भएको उल्लेख गरे ।

    तर आफूहरूले दुई गोल गरेपछि भने बंगलादेशले रणनीति परिवर्तन गर्दै चुनौती दिएको उनको भनाइ छ । दोस्रो हाफमा नेपालले पनि मिडफिल्डमा होल्ड गर्दै उनीहरूको योजनालाई सफल हुन नदिएको उनले उल्लेख गरे ।

    प्रशिक्षक श्रेष्ठले बंगलादेशी डिफेन्डर शारीरिक रूपमा उचाई भएकाले केही चुनौती भएको पनि बताए । उनले सेमिफाइनलमा भारत, माल्दिभ्स या भुटान जुनसुकै प्रतिद्वन्द्वी भएपनि चुनौती सामना गर्न तयार रहेको बताए ।

    नेपालका कप्तान कुशल देउवाले पनि सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वीलाई हराउने आफ्नो टोली सक्षम रहेको धारणा राखे । उनले अहिले खेलाडीको मनोबल उच्च रहेको पनि उल्लेख गरे । यो नतिजाले खुशी रहेको र अब आगामी खेलमा ध्यान दिने कप्तान देउवा बताउँछन् ।

    साथै कप्तान देउवाले आगामी खेलमा राम्रो नजिता ल्याएर फाइनल जित्ने लक्ष्य रहेको विश्वास व्यक्त गरे ।

    बंगलादेशका प्रशिक्षक मरुफुल हकले आफ्ना खेलाडीले सुरुआतमा राम्रोसँग ध्यान नदिँदा समूहविजेता बन्न नसकेको बताए । साथै उनले यदि उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा आएको हो भने सेमिफाइनलमा जुनसुकै टोली भएपनि केही फरक नपर्ने प्रतिक्रिया दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend