logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह

    सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह

    203
    Shares
    सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गरेकी छन् ।

    आईतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताइन् ।

    उनले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको बताइन् । उनले सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘हामीले यो विकास बजेटका लागि यो असारे बजेट भन्ने गर्दछौँ । जब आर्थिक वर्षको अन्तिम घडी आउँछ । त्यतिबेला हतारमा काम गर्ने र वर्षाको कारणले फेरि त्यही बाढी आएर लैजाने र जनताले खाइ नखाइ तिरेको करबाट जनताले लाभ लिन नपाउने स्थिति एकातिर छ भने अर्कोतिर यि ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गरेर त्यहाँ लगानी गर्दा बेलामा सम्पन्न नगर्दा खर्च लागत बढ्दै जाने भएकाले समयमा सम्पन्न नहुँदा जनताले उपभोग नपाउने र जनताले तिरेको करबाट समय अवधि बढाउनुपर्ने र लागत बढ्ने हुँदा जनता दोहोरो मारमा परेका छन् । विगतका कुरा बिर्सिएर नयाँ नीति ल्याएर बाटाघाटा सुरक्षित गर्नुपर्छ ।’

    सांसद बिसीले जनतालाई परेका सास्ती हटाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend