logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषण भन्दा पनि काममा बढी ध्यान दिन संसदीय समितिको निर्देशन

    प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषण भन्दा पनि काममा बढी ध्यान दिन संसदीय समितिको निर्देशन

    266
    Shares
    प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषण भन्दा पनि काममा बढी ध्यान दिन संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ । मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।

    समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भोषण भन्दा पनि काम गर्न आग्रह गरिन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन् । उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताइन् । उनले संसदीय समितिहरुको पनि कानून बनाउने तर कार्यान्वयन भए/नभएको निगरानी नगर्ने कमजोरी रहेको बताइन् ।

    उनले भनिन्, ‘कृषिमा आधारित उद्योगहरु बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु पर्यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस अहिले काम गर्नुस् ।

    काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरुको भाषण सुनेर दिक्क भएका छन् । समितिहरुका कमजोरीहरु पनि छन् । विधायकी भुमिकामा बस्नेहरुको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानून हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्यो ।’

    उनले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend