logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न सरकारलाई सभापति लामिछानेको आग्रह

    भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न सरकारलाई सभापति लामिछानेको आग्रह

    413
    Shares
    भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न सरकारलाई सभापति लामिछानेको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए । उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञान हुनुपर्ने बताए । हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप शुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत देखिएको बताए ।

    उनले भने, ‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । अब जे पनि चल्दैन भन्नेकुरा जुन शुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप शुरु भएको छ । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ ।

    जनता जागिरहेका छन् । अब जनताले हरेक चिज हेरिरहेका छन् । सच्चिनु र सुध्रिनु बाहेक केही छ्रैन । दुई तिहाईको सरकारलाई यो भन्दा ठूलो घण्टी अरु बज्दैन । ढाकछोप गर्नेतिर जानु भएन ।’

    सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend