logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गुल्मीका चार पालिकामा विद्युत् सेवा अवरुद्ध

    गुल्मीका चार पालिकामा विद्युत् सेवा अवरुद्ध

    469
    Shares
    गुल्मीका चार पालिकामा विद्युत् सेवा अवरुद्ध

    तम्घास (गुल्मी) । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

    यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।

    विद्युत् अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको उनले बताए । वितरण केन्द्रले मर्मत गरिरहेको छ ।

    अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै छ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले बताए ।

    कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याउन मर्मतको काममा खटिएकाले आज दिनभरमा विद्युत् सञ्चालन गर्ने सम्भावना रहेको पोखरेलले जानकारी दिए । गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याइएको छ । वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विद्युत् आपूर्ति हुँदै आएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend