logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन, आगामी दिनमा पनि गर्दैन : शिक्षामन्त्री भट्टराई

    कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन, आगामी दिनमा पनि गर्दैन : शिक्षामन्त्री भट्टराई

    245
    Shares
    कुनैपनि विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन, आगामी दिनमा पनि गर्दैन : शिक्षामन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुको सन्दर्भमा जवाफ दिँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी हुन् ।

    उनले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पारे । उनले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको पनि बताइन् ।

    मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरुले संयुक्त रुपमा गरिरहेको बताइन् । उनले विश्वविद्यालयका व्यवस्थापकिय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने बताइन् ।

    उनले भनिन् – ‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ । विश्वविद्यालयमा योग्यता प्रणालीको शुरुवात भएको थियो । प्रधानमन्त्रीबाट हस्तक्षेप भयो । शिक्षामन्त्रीबाट विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको लागि गुहारिएको देखियो भन्ने प्रश्नमा, शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु, विद्यार्थीहरुले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु हो ।

    देशमा सबैखाले श्रमको सम्मान नहुनु पनि हो । युवाहरुमा सजिलो रोजगारीको आकांक्षा बढिरहेको छ । सजिलो रोजगारी पाउने अवस्था अझै हामीले सिर्जना गर्न सकेका छैनौँ । यस्ता विषयलाई राजनीतिक नारा मात्रै नबनाई राजनीतिक प्रणालीले नै सम्बोधन गर्नुपर्छ । प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरिएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि गुहारेको छैन ।

    विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिने काम हामी संयुक्त रुपमा गर्ने गर्छौ । विश्वविद्यालयका व्यवस्थापकिय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन । तर म अहिले पनि भन्न चाहन्छु, हामीले राजनीतिक प्रतिवद्धता र कानूनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकार्ने हो भने विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्छन् । दबाबमा पुग्छन् ।’

    मन्त्री भट्टराईले राजनीतिक प्रतिवद्धता र कानूनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकारे विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend