logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसद कार्कीको प्रश्नः भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?

    सांसद कार्कीको प्रश्नः भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?

    644
    Shares
    सांसद कार्कीको प्रश्नः भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरु एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

    उनले नेताहरु झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको बताइन् । उनले अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पुर्याएका बताइन् । उनले भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भनि प्रश्न समेत गरिन् । उनले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले हो–हल्ला गर्नु गलत भएको पनि बताइन् ।

    सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउनु नहुने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend