logo

२०८१ कार्तिक २३ शुक्रबार

logo
  • शुक्रबार, २३ कार्तिक २०८१
  • एमालेले बोलायो पोलिटब्युरो बैठक

    एमालेले बोलायो पोलिटब्युरो बैठक

    679
    Shares
    एमालेले बोलायो पोलिटब्युरो बैठक

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए । ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरुलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ ।

    पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको छ ।

    हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने, कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए ।

    बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको छ ।

    उनले भने, ‘सदस्यता बिस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउने ।

    अधिवेशनको आयोजना र तिनीहरुलाई अझ व्यवस्थित गर्ने । ११ जिल्लाहरुको जिल्ला अधिवेशन गर्न बाँकी छ । आधा जस्तो पालिकाहरुको अधिवेशन बाँकी छ, तिनीहरुको समयमै र व्यवस्थित रुपले अधिवेशन गर्ने ।

    पार्टी प्रवेश र जिम्मेवारी बिहीन अवस्थामा रहनुभएका साथीहरुको व्यवस्थापनको बारेमा तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने ।

    हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको शुरुवात गर्ने ।

    कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने ।

    केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको छ ।

    जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने ।

    कम्युनिष्ट पार्टीहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेकुरा छन् ।

    पार्टी पोलिटब्युरोको बैठक आगामी भदौ १८ गते दिउँसो १ बजेबाट शुरु भइ १९ गतेसम्म सञ्चालन हुनेछ ।

    पार्टीका उपाध्यक्ष, संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेका छौँ ।’

    उनले पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend