logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रधानमन्त्रीले दिए मुख्यसचिव अर्याललाई बधाई, राज्यका हरेक निकायलाई जबाफदेही बनाउन सुझाव

    प्रधानमन्त्रीले दिए मुख्यसचिव अर्याललाई बधाई, राज्यका हरेक निकायलाई जबाफदेही बनाउन सुझाव

    532
    Shares
    प्रधानमन्त्रीले दिए मुख्यसचिव अर्याललाई बधाई, राज्यका हरेक निकायलाई जबाफदेही बनाउन सुझाव

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिएका छन् । प्रधानमन्त्रीले अर्याललाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

    ओलीले राज्यका हरेक निकायलाई जबाफदेही बनाउन सुझाव दिए । नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै उनले यसमा कर्मचारी प्रशासनको ठुलो भूमिका हुने पनि बताए ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठुलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो। हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जबाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।’

    ‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ। ‘

    ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती, शिक्षक, सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend