logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा रहेका विदेशी कम्पनीले लगे साढे १७ अर्ब लाभांश

    नेपालमा रहेका विदेशी कम्पनीले लगे साढे १७ अर्ब लाभांश

    287
    Shares
    नेपालमा रहेका विदेशी कम्पनीले लगे साढे १७ अर्ब लाभांश

    काठमाडौं । नेपालमा विदेशी लगानी ल्याउँदा डलरमा लगानी फिर्ता लैजान पाइने प्रावधान छ । विदेशी लगानीमा खुलेका कम्पनीका लगानीकर्ताले १७ अर्ब ३३ करोड रुपैयाँ लगानी फिर्ता (रिपार्टेसन) लगेका छन् । नेपालमा रहेको विदेशी लगानीमा खुलेका कम्पनीहरुले गरेको नाफाबाट प्राप्त लाभांश फिर्ता लैजाने गरिएको छ ।

    सबैभन्दा बढी लगानी फिर्ता उत्पादन क्षेत्रबाट गएको देखिएको छ । त्यसपछि सूचना प्रविधि क्षेत्रबाट लगानी फिर्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै २०२१/२२ मा १५ अर्ब ६७ करोड ७५ लाख र २०२०/२१ मा २६ अर्ब ७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा फिर्ता गएको थियो । उत्पादन क्षेत्रबाट लगानी फिर्ता बढेर ८ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यस्तै २०२१/२२ मा ७ अर्ब ३१ करोड २२ लाख र २०२०/२१ मा ६ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी फिर्ता भएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो तीन वर्षको अवस्था हेर्दा सबैभन्दा बढी लगानी फिर्ता उत्पादनमुलक क्षेत्रबाट गएको छ ।

    सूचना तथा सञ्चार क्षेत्रबाट लगानी फिर्ता घटेको छ । सूचना तथा सञ्चार क्षेत्रबाट ३ अर्ब ६७ करोड रुपैयाँ मात्र लगानी फिर्ता भएको छ । यसअघि ५ अर्ब ४० करोड र त्यो भन्दा अघिल्लो वर्ष १३ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ लगानी फिर्ता गएको राष्ट्र बैंकले जनाएको छ । एनसेलले लगानी फिर्ता लैजान सरकारबाट स्वीकृति नपाएका कारण कम देखिएको हो ।

    यस्तै वित्त तथा बिमा क्षेत्रबाट ३ अर्ब ५० करोड रुपैयाँ लगानी फिर्ता गएको छ । अघिल्लो वर्ष १ अर्ब ८ करोड र त्यसअघिको वर्ष ८६ करोड ८३ लाख रुपैयाँ लगानी फिर्ता भएको थियो । स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपालमा सूर्य नेपाल, एसियन पेन्ट्स, युनिलिभर नेपाल लिमिटेड, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन, आरती स्ट्रिप्सलगायत दर्जनौं बहुराष्ट्रिय कम्पनीहरु सञ्चालनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend