logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    1.6K
    Shares
    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

    आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

    शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतार १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    पछिल्लो सयम सुनको मूल्यमा उतारचढाव भैरहेको छ । सुन प्रतितोला एक लाख ५३ हजार दुई रुपैयाँसम्म पुगेर ओरालो लागेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ हुँदा यसको असर नेपाली बजारमा परेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढ्ने घट्ने भैरहेको महासंघले जनाएको छ ।

    विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

    यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend