logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैन : अध्यक्ष ढकाल

    निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैन : अध्यक्ष ढकाल

    350
    Shares
    निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैन : अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्ने गरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताएका हुन् ।

    ‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा. त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भुमिका नियन्त्रण हुन्छ ।’ -उनले भने ‘निजी क्षेत्रलाई फेरि अख्तियारमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ ।’

    उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी रहेको बताउँदै रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिती पनि बढेको बताए । उनले मौद्रिक नीतिपछि शेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको बताए ।

    उनले अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्नेमा जोड दिए । ‘अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा इक्विडिटी भएको अवस्था छ । रेमिट्यान्सहरु बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ ।’ उनले भने-  ‘मौद्रिक नीतिपछि शेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसावले अघि बढ्नुपर्छ ।’

    सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने ढकालको भनाई छ । सीमाको कडाई गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने बताउँदै भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने उल्लेख गरे ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend