logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसद झाको प्रश्न : सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?

    सांसद झाको प्रश्न : सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?

    511
    Shares
    सांसद झाको प्रश्न : सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताए ।

    उनले प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि प्रश्न गरे । उनले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरुलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गरे ।

    उनले भने – ‘लोकतन्त्रको पाँचवटा आधारभुत सिद्धान्तमा पहिलो वाक स्वतन्त्रता हो । एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो । आफ्नो सांगठनिक केही चुनौतीहरु अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र ? हामीलाई त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरुले सभ्यता सिकाउनु हुन्छ भने आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिला सिकाउनुस् त्यो कुरा ।’

    उनले आफूहरुलाई सभ्यता सिकाउनेहरुले आफ्नै नेताहरुलाई सिकाउन आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend