logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएकोमा छानविन गर्नुपर्छ : सांसद बस्नेत

    नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएकोमा छानविन गर्नुपर्छ : सांसद बस्नेत

    189
    Shares
    नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएकोमा छानविन गर्नुपर्छ : सांसद बस्नेत

    काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताएका छन् ।

    मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड गर्नुले आशंका उब्जिएको बताए ।

    उनले जहाज ग्राउण्डेड भएको सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छानविन गर्नुपर्ने बताए । एयरलाइन्सको जहाज ग्राउण्डेड गरेर नीजि कम्पनीलाई मौका दिइएको हुनसक्ने उनको भनाई छ ।

    उनले भने – ‘आफ्ना जहाजहरु ग्राउन्डेड गरेर राख्ने । अर्कोतिर मौका पर्यो भने जहाज खरिद गरिरहनुपर्ने । यो प्रक्रिया गलत हो । यो ग्राउण्डेड भएको बारेमा धेरै शंका, उपशंका भइरहेका छन् । त्यसमा सत्यतथ्य छानविन गर्नु जरुरी छ ।

    बाहिर यस्ता पनि कुरा आएका छन्, आफ्ना जहाजलाई आवश्यकताभन्दा बढी ग्राउण्डेड गराउने र निजीलाई मौका दिने खालका व्यवहार हुनसक्छ भन्ने कुरामा आशंका गरिएको अवस्थामा छ । यो विषयमा छानविन गर्नु जरुरी छ ।’

    सांसद बस्नेतले डेडिकेटेड ट्रंकलाइनको सबै वक्यौता रकम उठाउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend