काठमाडौँ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बुधबार पनि बस्दैछ। आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन्। पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजबाट बैठक सुरू हुने
छ ।
मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
संगठित सदस्यको संख्या १० लाख पुर्याउने एमालेको लक्ष्य छ। वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ।
त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ। एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ।
एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ।