logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राम्रो कानून निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छ : कानूनमन्त्री चौरसिया

    राम्रो कानून निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छ : कानूनमन्त्री चौरसिया

    245
    Shares
    राम्रो कानून निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छ : कानूनमन्त्री चौरसिया

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताएका छन् ।

    बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री चौरसियाले सो विधेयकले पनि कानून निर्माणका लागि संसदलाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गरे । पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानून निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उनको विश्वास थियो ।

    मन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तराष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले कानून निर्माणको प्रक्रियालाई व्यवहारिक रुपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसदमा ल्याएको दाबी समेत गरे ।

    उनले भने, ‘यो कानून बनाउने कुरालाई पारदर्शी बनाउने कुरा, व्यवस्थित बनाउने कुरा, गुणस्तरीय बनाउने कुरा र अझ कानून बनाउने कुरालाई व्यवहारिक बनाउने कुरा र अन्तराष्ट्रिय प्रचलनलाई पनि, सरोकारवालालाई समेत छलफल गरेर अझ राम्रो कानून बनोस्, पहिलो चोटी यो कानूनले सरकारलाई पनि बाधेको छ ।

    पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था गरेको छ । यसले कानून निर्माणको जुन प्रक्रिया छ । त्यसलाई अझ व्यवस्थित गर्नेछ भन्ने म आशा राख्दुछ ।’

    मन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend