logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

    समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

    308
    Shares
    समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताए । उनले पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताए । उनले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताए ।

    उनले भने, ‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ । नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभुत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रुपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ । राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त ? भन्नेकुरा छ ।

    एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन । राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन । समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ ।’

    उनले अहिले सामन्तवादी उत्पादन ढाँचा नरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend