logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ९ अर्ब मात्रै

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ९ अर्ब मात्रै

    406
    Shares
    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ९ अर्ब मात्रै

    काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से १२.१० अंकले घटेर २,७२७ को विन्दुमा कायम भएको छ ।

    आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख रुपैयाँ, गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.१४ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।

    आज नेपाल फाइनान्सका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।

    साताको अन्तिम दिन ११ उपसूचकमा राताम्य लागेको छ । यसदिन बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको ०.५३ प्रतिशतले शेयर मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend