logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सत्तारुढ दलहरुको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

    सत्तारुढ दलहरुको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

    1K
    Shares
    सत्तारुढ दलहरुको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

    काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । नयाँ गठबन्धन बनेको करिब २ महिनापछि बैठक बस्न लागेको हो ।

    बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

    यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

    आइतबार प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे कुराकानी भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend