काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज नेपालका लागि इन्डोनेसियाका अवैतनिक राजदूत हेरु हरतान्तो सुबोलोले शिष्टाचार भेट गरेका छन् । यो उनको विदाई भेट हो । भेटका क्रममा नेपाल र इन्डोनेसिया बीचको आपसी सम्बन्ध, द्विपक्षीय हित तथा आगामी सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाल पनि उपस्थित थिए । बंगलादेशको ढाकामा रहेको इन्डोनेसियाली दूतावासमा रहने राजदूत सुबोलो आफ्नो चार बर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका हुन् ।