logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एप्पलले ल्यायो आईफोन १६, कति पर्छ मूल्य ?

    एप्पलले ल्यायो आईफोन १६, कति पर्छ मूल्य ?

    5.8K
    Shares
    एप्पलले ल्यायो  आईफोन १६, कति पर्छ मूल्य ?

    काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित नयाँ आईफोन सिरिज सार्वजनिक गरेको छ।

    कम्पनीले आईफोन नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी चार मोडेल सार्वजनिक गरेको छ ।

    कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन गरेको बताउँदै प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याएको बताएको हो ।

    सबै मोडेलमा १२० हर्ज रिफ्रेस रेट र प्रो मोडेलहरूमा प्रोमोसन डिस्प्ले उपलब्ध रहेको छ ।

    कम्पनीका अनुसार आईफोन१६ सिरिज जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेर बनाइएको हुनाले यसले एप्पल लाई प्राविधिक दौडमा पूर्ण एक पटक अब्बल साबित गरेको छ बताउँदै यस प्रविधिको कारण आईफोनको बिक्री वितरण पनि बढ्ने आशा गरेको जनाएको छ ।

    यस अघिको मोडलमा प्रयोगकर्तालाई डाइगनल क्यामेरा सेटअप प्रदान गर्दै आएको एप्पलले, आईफोन १६ मा भर्टिकल लेआउट क्यामरा सेटअप प्रदान गरेको छ ।

    यसले प्रयोगकर्तालाई ‘स्प्याटिअल भिडिओ’ को राम्रो अनुभूति दिने दाबी कम्पनीको छ । ‘स्प्याटिअल’ भिडिओलाई सामान्यतया थ्रिडी अनुभव सहितको थप अन्तरक्रियात्मक भिडिओ फर्म्याट भनेर बुझ्न सकिन्छ ।

    आईफोन १६ प्रो र प्रो म्याक्स भेरियन्टमा विशेष गरी रियर क्यामेरा, डिजाइन, चिपसेट, एआई क्षमता, ब्याट्री लाइफ र डिस्प्ले साइजमा महत्त्वपूर्ण सुधारहरू गरिएको हुनाले यी भेरियन्टको मूल्य अन्य भेरियन्ट भन्दा बढी रहने अनुमान गरिएको छ ।

    आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।

    आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ ।

    आइफोन १६ र आइफोन १६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो) साथै आइफोन १६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) मा उपलब्ध छन् ।

    आईफोन १६ को मूल्य ७९९ डलर अर्थात करिब एक लाख सात हजार रुपैयाँ र आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ डलर अर्थात एक लाख २० हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै आईफओन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर अर्थात करिब एक लाख ३३ हजार रुपैयाँ र आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर अर्थात करिब एक लाख ६० हजार रुपैयाँ कायम गरिएको छ ।

    गत वर्ष असोजको अन्तिम साता नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको थियो । नेपालमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स भित्रिएको थियो ।

    बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। २५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।

    अमेरिकाको एप्पल इंक पुनः विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढेर ३४ खर्ब ५४ अर्ब डलर पुगेको छ । स्टिभ जब्सले स्थापना गरेको एप्पले अहिले आइफोनलगायत अन्य ग्याजेट उत्पादन गरिरहेको छ । उसको उत्पादन विश्व बजारमा लोकप्रिय छ ।

    यो पनि : 

    ३४ खर्ब ५४ अर्ब डलरसहित एप्पल बन्यो संसारकै मूल्यवान कम्पनी, कुनको मूल्य कति ? 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend