logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार ७ अर्बमा झर्यो

    सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार ७ अर्बमा झर्यो

    630
    Shares
    सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार ७ अर्बमा झर्यो

    काठमाडौं । सेयर बजार आज पनि ओरालो लागेको छ । आजसम्म बजार लगातार पाँच कारोबार दिन घटेको हो ।

    आज नेप्से परिसूचक १३.०९ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्स्चेन्ज नेप्सेका अनुसार, आज नेप्से परिसूचक १३.०९ अंक घटेर २,६३२.९४ विन्दुमा बन्द भएको छ ।

    आज सात अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

    मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य भने ९.९० प्रतिशतले वृद्धि भएको छ ।

    आज कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक ०.७९ प्रतिशतले वृद्धि भएको छ ।

    जीवन बीमा समूहमा १०० अंकको गिरावट आएको छ । यस्तै निर्जीवन बीमा कम्पनी समूहमा समेत ५३ अंकको गिरावट आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend