काठमाडौं। लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेपछि कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बांके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघर मण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । मन्त्री कुर्मी साउन ९ गते मन्त्री नियुक्त भएका थिए । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निकट मानिने कुर्मीलाई संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सिफारिस गरेका थिए ।
जसले गर्दा उनीमाथि राजीनामाको दवाव बढेको थियो । धेरैतिरबाट दवाव र आलोचना बढेपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिन उपयुक्त हुने सन्देश मन्त्री कुर्मीलाई दिएका थिए ।