logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रधानमन्त्री ओलीको दाबी : अब साना-ठूला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

    प्रधानमन्त्री ओलीको दाबी : अब साना-ठूला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

    3.5K
    Shares
    प्रधानमन्त्री ओलीको दाबी : अब साना-ठूला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न नपर्ने बताएका हुन् ।

    उनले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताए । उनले सरकारबाट दिने सेवाहरु उत्साहका साथ दिइने पनि प्रतिवद्धता जनाए । उनले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताए ।

    उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको बताए । प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताए । उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताए ।

    उनले भने, ‘हामी नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा धेरै ठूलाठूला भ्रष्टाचारका काण्डहरु आदि इत्यादि, साना ठूला केही सुन्नपर्ने छैन भन्ने म ठान्छु । किनभने तपाईंहले बैंकबाट लोन प्राप्त गर्न, अरु कुराहरुको लागि सरकारको सेवा प्राप्त गर्न, तपाईंहरुले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरु र तपाईंहरुलाई सरकारको तर्फबाट कुनै कार्यालयले पुर्याउनुपर्ने सेवा र त्यस सन्दर्भमा सरकारको तर्फबाट अत्यन्तै उत्सुकता र उत्साहका साथ सेवा पुर्याउने काम हुनेछ ।

    हामीले सेवाको तरिकालाई अलिकति परिवर्तन गरेका छौँ । पहिलाको तरिका भन्दा, फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरु हुने छैनन् । फाइल फटाफट सर्छ । अहिले हामीले एउटा सिस्टम विकास गरेका छौँ, की एक ठाउँबाट शुरु भएको फाइल त्यो प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ की कुन फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ । त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ । त्यस फाइल ट्रयाकिङ सिस्टमले साधारण हिसावले हामीले क्युआर कोर्ड राखिदिएका छौँ, त्यो क्युआर कोर्ड ट्रयाकिङ प्रधानमन्त्री कार्यालयले गर्नसक्छ ।

    कहाँनेर छ, त्यो फाइल भनेर ट्रयाकिङ गर्छ । त्यहाँबाट किन अल्झियो, किन घर्रामा यति समय बस्यो भनेर भरसक फाइलहरु टेबलमाथिबाट घर्रामुनि छिर्न नपाउन् । घर्रामा फाइलहरुको बास नहोस्, त्यस ढंगले हामीले काम गर्न खोजिरहेका छौँ । त्यसअनुसारको प्रवन्ध गरिरहेका छौँ । छिटो छरितो ढंगले तपाईंहरुले सरकारी सेवा पाउनु हुनेछ । डिजिटल नेपालको फ्रेमवर्कलाई अझ परिमार्जित गरी परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पनाका लागि त्यसलाई पूरा गर्न डिजिटल नेपाल फ्रेमवर्क ।

    अब परिमार्जित डिजिटल फ्रेमवर्कमा हामी जाँदैछौँ । सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन । काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन । कतै भन्सुन गर्न जानुपर्ने छैन । त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ ।’

    प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भन्सुन गर्न जानु नपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend